काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्च्युअल बैठक आज आइतबार बस्दैछ ।
काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शनिवार एक विज्ञप्ती जारी गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ८ः३० बजे बस्ने जानकारी दिनुभएको हो ।
बैठकमा काँग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२, काँग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२ र केन्द्रीय अनुशासन समिति गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।