ढाका । बंगलादेशमा १८ महिनाअघि छात्र विद्रोहले शेख हसीना सरकार ढलेपछि भएको पहिलो आम निर्वाचनमा बगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) गठबन्धनले प्रचण्ड बहुमत हासिल गरेको छ । तारिक रहमान नेतृत्वको बीएनपीले ३०० सदस्यीय संसद ९जातीय संसद० मा दुई–तिहाइभन्दा बढी सिट जितेको हो ।
स्थानीय टिभी च्यानलहरूका अनुसार बीएनपी गठबन्धनले २०९ सिट जितेको छ भने जमात ए इस्लामी गठबन्धनले ७० आसपास सिट प्राप्त गरेको छ । यो निर्वाचनमा करिब १२.७ करोड मतदाताले भाग लिएका थिए । १७ वर्ष लन्डन निर्वासनमा रहेका तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिन्छ । उनी बीएनपीका सुप्रिमो तथा भुतपूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा हुन् ।
बीएनपीले यो जितलाई ‘जनताको विश्वासको प्रमाण’ भनेको छ । यो परिणामले २०२४ को ‘जन–युवा क्रान्ति’ पछि अस्थिर राजनीतिलाई स्थिरता दिने अपेक्षा गरिएको छ ।
अब केही दिनभित्रै नयाँ सरकार गठन र सांसदहरूको शपथ ग्रहण हुने अनुमान छ । यो परिवर्तनले दक्षिण एसियाली क्षेत्रको राजनीतिमा पनि प्रभाव पार्न सक्छ ।