काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा सम्पन्न भएको छ।
बैठकले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन- २०८२ का लागि पार्टीको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।