मध्यपुरले मौनता तोड्दा उत्साही बन्यो भक्तपुर -२ एमाले

मध्यपुरले मौनता तोड्दा उत्साही बन्यो भक्तपुर -२ एमाले

२०८२, फाल्गुण ६ बुधवार

  • 585
    SHARES

  • मध्यपुरले मौनता तोड्दा उत्साही बन्यो भक्तपुर -२ एमाले

    भक्तपुर । आसन्न आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै भक्तपुर २ मा पनि घरदैलोको माहोल ह्वात्तै तातेको छ । जिल्लाका दुई क्षेत्रमध्ये एकमा विस्तारै घरदैलो कार्यक्रम अगाडी बढेकामा २ मा भने घरदैलो तिब्ररुपमा अगाडी बढेको पाइएको छ । 

    देशकै चर्चाको क्षेत्रको रुपमा लिईने यहाँ नेकपा एमालेबाट पार्टीका केन्द्रीय सचिव महेश बस्नेत, नेपाली कांग्रेसबाट कविर राना, नेपाली कम्युनिष्ट पार्टीबाट राम प्रसाद सापकोटा (दिपशिखा), राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुर्व पत्रकार राजिव खत्री सहित १७ वटा राजनीतिक दल र स्वतन्त्र गरेर ३२ जना उमेदवार मैदानमा छन् । यद्यपि अधिक चर्चा भने प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांगेसका उमेदवारकै रहेको देखिएको छ । 

    42.jfif

    मंगलवार नगरको ७ र ८ वडामा पर्ने बोडे, नगदेश र पुरानो ठिमीमा घरदैलो गरेको एमालेलाई स्थानियले उत्साहपूर्ण ढंगले स्वागत गरेका छन् । नगरका विभिन्न पाटी, पोखरी र बाटामा विकासका बजेट ल्याउन योगदान गरेका बस्नेतलाई जिताएरै छाड्ने उद्घोष समेत उनीहरुले गरे । निर्वाचनताका मौन बस्ने मतदाताको स्वभावलाई चिर्दै यहाँ भने खुलेर बस्नेतको स्वागत गर्दै आफ्ना धारणा समेत राखेका हुन् । 

    २०७४ मा सांसद बनाएर पठाउँदा मनग्गै विकास भएकामा ०७९ को निर्वाचनमा हारेका बस्नेतलाई यसअघिको गल्ति नदोहोर्याउने वाचा समेत उनीहरुको छ । भक्तपुर २ को विकासमा अग्रणी स्थानमा रहेका युवा बस्नेतलाई यस अघिको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर हराएकामा आफुलाई नमिठो लागेको स्थानिय कृष्ण महर्जनले बताए ।

    3.jfif

    सो निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री- २४,२३८ मत ल्याएर विजयी हुँदा महेश बस्नेतले -२३,२७९ मत प्राप्त गरेका थिए । यी दुईको अन्तर भने ९५९ मत मात्र रहेको थियो ।

    बन्दै गरेका पोखरी अलपत्र परेको स्मरण गराउँदै यहाँको कृषि, स्वास्थ्य र संस्कृतिको जगेर्नाका लागि मनग्ये ध्यान पुर्याउन स्थानियको माग थियो । पुरानो संस्कृति र सभ्यताले भरिपूर्ण नगरीलाई आधुनिकताका नाममा भईरहेको अतिक्रमणबाट बचाउन ठोस योजना ल्याउन समेत स्मरण गराएका छन् । 

    1.jfif

    घरदैलोका क्रममा बृद्ध, महिला र युवा पंक्तिको लोभलाग्दो स्वागतले एमाले पंक्ति उत्साहित देखिएको छ । घरदैलोमा पुर्व नगरप्रमूख मदनसुन्दर श्रेष्ठ सहितको स्थानिय कमिटीले जोशिला महेशलाई झनै फुर्तिलो बनाएको आभास सो क्रममा देखिन्थ्यो ।

    यस क्षेत्रमा जम्मा ९८ हजार ३ सय ५६ मतदाता रहेका छन् । क्षेत्रको २ वटा पालिका सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी मध्ये यस पालिकामा ४१ हजार ८ सय ४२ मतदाताको बसोबास रहेको छ । 

    6.jfif

    २०८२, फाल्गुण ६ बुधवार०९:५०:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार