काठमाडौं–१ मा एमालेको शक्ति प्रदर्शन, जित सुनिश्चित हुने दावी

काठमाडौं–१ मा एमालेको शक्ति प्रदर्शन, जित सुनिश्चित हुने दावी

२०८२, फाल्गुण १७ आइतवार

  • 2.0K
    SHARES

  • काठमाडौं–१ मा एमालेको शक्ति प्रदर्शन, जित सुनिश्चित हुने दावी

    काठमाडौं । आसन्न फागुन २१ को निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौं १ एमालेले वृहत र्याली सम्पन्न गरेको छ । आईतबार प्रचारप्रसारको अन्तिम क्षणमा करिव २ हजार भन्दा बढीको सहभागितामा शक्ति प्रदर्शन गरेको हो । 

    उमेदवार छनोट पश्चात नै उत्साहित देखिएको एमाले निश्चित जिततर्फ अगाडि बढेको सहभागीले जनाएका छन् । अडिटर्स एशोसियसन पुर्व केन्द्रिय अध्यक्ष मोहनराज रेग्मीको उमेदवारी सॅगै विपक्षी पार्टीहरु समेत दबाबमा छन् ।

    यस क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा ३ सय ५४ मत मात्र पछाडि परेको एमालेले प्रतिस्पर्धि भन्दा १ हजार भन्दा अधिक फरकमा निर्वाचन जित्ने स्थानिय श्यामलाल तण्डुकारले बताए । 

    केन्द्रीय सदस्य गणेश प्रसाद दुलाल, अग्रज नेता नारायण प्रसाद भण्डारी, पुर्व केन्द्रिय सदस्य शर्मिला कार्की, नेताहरु विदुर मैनाली, केशव घिमिरे, धन बहादुर अछामी, मित्रलाल थोकर, चित्र बानियाँ, हिरा थापा मगर, उज्जन श्रेष्ठ, सरोज ढकाल, अशोक कार्की, दामोदर सत्याल, ओम उप्रेती, नयन थापा, यमलाल गौतम, शत्रुधन राजभण्डारी, सुदिप खड्का, रहिम उद्दिन, महेन्द्र प्रकाश सिवाकोटी, हुमा आचार्य लगायत कार्यकर्ताको बलियो पंक्तिका कारण जित निकाल्नेमा ढुक्क देखिएको छ ।

    क्षेत्रमा विकासप्रेमी पार्टीको उपमा पाएको एमालेले सोही आधारमा चुनाव जित्ने बताएको छ । विकासका साथै उमेदवारको विज्ञता, सादगी, अनुशासित जिवनशैली र जनताकालागि केही गरौं भन्ने उत्कट चाहना नै चुनाव जित्ने मुख्य आधार रहेका छन्,- स्थानीय शोभा अधिकारीले जनाईन् । 

    नवयुवाको आवश्यकता, चाहना, ईच्छा र जायज मागलाई सम्बोधन गर्न 'नवयुवा नीति' निर्माण गर्ने योजना बनाएका रेग्मीले मतदाताको गुनासो सुनुवाइ र समस्या समाधानका लागि 'डिजिटल प्लेटफर्म' तयार गर्ने जनाएका छन् । 

    यस क्षेत्रमा ४८ हजार ४ सय ८९ मतदाता रहेका छन् र हालको अवस्थामा करिव ३० हजार हाराहारी मतदान हुने अनुमान गरिएको छ । निर्वाचन जित्न करिव ८ हजार मत कटाउनु पर्ने अध्ययनले जनाएका छन् । 

    २०८२, फाल्गुण १७ आइतवार०६:१६:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार