आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

२०८२, फाल्गुण १७ आइतवार

  • 521
    SHARES

  • आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

    काठमाडौं । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ ।

    बिहीवार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागिएको हो ।

    निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडी सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार सीमानाका बन्द गर्न आयोगले सिफारिस गरेको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

    सोहीअनुसार नै आईतवार राती १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मको लािग अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्न लागिएको हो ।

    आयोगले सीमा नाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।

    २०८२, फाल्गुण १७ आइतवार०६:५३:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार