युएईमा इरानको आक्रमणबाट ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

युएईमा इरानको आक्रमणबाट ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

२०८२, फाल्गुण १८ सोमवार

  • 481
    SHARES

  • युएईमा इरानको आक्रमणबाट ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

    गोरखा । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ।

    अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो।

    उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ। अबुधाविस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलामा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको खुलाइएको छ।

    राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन सहजीकरण गर्ने बताएको छ।

    २०८२, फाल्गुण १८ सोमवार०३:१४:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार