मतदान भएको २४ घण्टा भित्रै नतिजा प्रकाशन हुने निर्वाचन आयोगको दाबी 

मतदान भएको २४ घण्टा भित्रै नतिजा प्रकाशन हुने निर्वाचन आयोगको दाबी 

२०८२, फाल्गुण १८ सोमवार

  • 457
    SHARES

  • मतदान भएको २४ घण्टा भित्रै नतिजा प्रकाशन हुने निर्वाचन आयोगको दाबी 

    काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्ने बताएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार यसका लागि आवश्यक तयारी गरिएको छ ।

    प्रतिनिधि सभा सदस्यका लागि यही फागुन २१ गते मतदान हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् ।

    २१ फागुनको निर्वाचनका लागि आयोगले यही फागुन ४ गतेदेखि १८ गते आज (सोमबार) सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । आज राती १२ बजेबाट मौन अवधि शुरु हुन्छ । यो मतदानको प्रक्रिया शुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ ।

    २०८२, फाल्गुण १८ सोमवार०८:५९:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार