मधेसमा कांग्रेसले खोल्यो खाता, रौतहट- २ मा आलम निर्वाचित

मधेसमा कांग्रेसले खोल्यो खाता, रौतहट- २ मा आलम निर्वाचित

२०८२, फाल्गुण २४ आइतवार

  • 441
    SHARES

  • मधेसमा कांग्रेसले खोल्यो खाता, रौतहट- २ मा आलम निर्वाचित

    जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेसले पनि खाता खोलेको छ।

    रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मो। फिरदोश आलम निर्वाचित भएका छन् । आलमले २९ हजार ५२८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

    आलम ११ हजार८६ मतान्तरले निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका किरण कुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन् ।

    यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भने तेस्रो स्थानमा रहेका छन्। रास्वपाका शेख सगिरले ९ हजार ३२५ मत प्राप्त गरेका छन् ।

    यस्तै, जनता समाजवादी पार्टी नेपालका रामअशिष राय यादव २ हजार ९६०, नेकपा एमालेका महम्मद अतिउल्लाहले २ हजार ३८२ मत प्राप्त गरेका छन् ।

    निर्वाचित भएका आलम पूर्वमन्त्री अफ्ताब आलमका छोरा हुन्।

    २०८२, फाल्गुण २४ आइतवार०८:३५:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार