गौरीबहादुर आयोगले सरकारलाई बुझायो प्रतिवेदन, अध्ययन पश्चात सार्वजनिक हुने 

गौरीबहादुर आयोगले सरकारलाई बुझायो प्रतिवेदन, अध्ययन पश्चात सार्वजनिक हुने 

२०८२, फाल्गुण २४ आइतवार

  • 493
    SHARES

  • गौरीबहादुर आयोगले सरकारलाई बुझायो प्रतिवेदन, अध्ययन पश्चात सार्वजनिक हुने 

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको विषयमा जाँचबुझका लागि गठित आयोगको प्रतिवेदन बुझेकी छन् । आयोग प्रमुख गौरीबहादुर कार्कीले केहीबेर अघि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

    प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले आयोगलाई धन्यवाद दिइन् । स्रोत र साधनको सिमितताले आयोगको म्याद पटक पटक थप्नुपरे पनि यसले दुधको दुध पानीको पानी छुट्याएको विश्वास व्यक्त गरिन् ।

    उनले सुरक्षा र गोपनीयताका कारण प्रतिवेदनको पूर्णपाठ सार्वजनिक नगरिने संकेत गरेकी छन् । तर, यसको निचोड भए पनि सार्वजनिक गर्ने उनले बताइन् ।

    प्रतिवेदनका विषयमा प्रश्न उठ्न थालेपछि आयोगले सरकारलाई बुझाएको हो । 

     

    २०८२, फाल्गुण २४ आइतवार१२:५८:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार