सुनसरी-१ मा हर्क साम्पाङ विजयी, मतान्तर ८ हजार माथि 

सुनसरी-१ मा हर्क साम्पाङ विजयी, मतान्तर ८ हजार माथि 

२०८२, फाल्गुण २४ आइतवार

  • 441
    SHARES

  • सुनसरी-१ मा हर्क साम्पाङ विजयी, मतान्तर ८ हजार माथि 

    विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट विजयी भएका छन् । उनले ८ हजार ४ सय ९२ मतान्तरले विजयी भएका हुन् ।

    साम्पाङले ३५ हजार ७४१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले  २७ हजार २४९ मत प्राप्त गरिन् ।

    सुनसरी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार टिकाराम लिम्बुले ६ हजार ३३१ मत पाएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन् । साम्पाङले जेन्जी आन्दोलन पछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरेका थिए ।

    २०८२, फाल्गुण २४ आइतवार०१:३१:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार