युद्ध चाँडै सकिने ट्रम्पको घोषणा, कहिले अन्त्य हुने आफूले तय गर्ने इरानको जबाफ

युद्ध चाँडै सकिने ट्रम्पको घोषणा, कहिले अन्त्य हुने आफूले तय गर्ने इरानको जबाफ

२०८२, फाल्गुण २६ मंगलवार

  • 473
    SHARES

  • युद्ध चाँडै सकिने ट्रम्पको घोषणा, कहिले अन्त्य हुने आफूले तय गर्ने इरानको जबाफ

    नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै चाँडै सकिने बताएका छन्। उनले इसराइलसँग मिलेर युद्ध सुरू गरेको १० दिनमा त्यस्तो घोषणा गरेका हुन्।

    यद्दपि यसै हप्ता भने युद्ध नरोकिने स्पष्ट पारेका छन्।

    उनको सो टिप्पणी युद्धका कारण नराम्ररी प्रभावित भएका अमेरिका र विश्वभरका सेयर बजारलाई शान्त पार्न गरिएको मानिन्छ।

    ट्रम्पले सोमबार एक पत्रकार सम्मेलनमा त्यसो भने पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सले (आइआरजिसी) भने 'युद्धको अन्त्य कहिले हुने भन्ने कुरा आफूहरूले तय गर्नेू बताएको भनेर विभिन्न अमेरिकी मिडियाले जनाएका छन्।

    अमेरिका र इसराइलको आक्रमण जारी रहेमा इरानले यस क्षेत्रबाट एक लिटर तेल पनि निर्यात हुन नदिने आइआरजिसीले चेतावनी दिएको भनेर इरानी सरकारी सञ्चारमाध्यमको हवाला दिँदै अमेरिकी मिडियाले लेखेका छन्। त्यसको प्रतिउत्तरमा आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा पोस्ट गर्दै इरानले त्यसो गरेमा अहिलेको भन्दा २० गुणा कडा आक्रमण गर्ने धम्की ट्रम्पले दिएका छन्। (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

    २०८२, फाल्गुण २६ मंगलवार१०:३०:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार