रास्वपा सचिवालय बैठक आज, समानुपातिक सिफारिस गरिँदै

रास्वपा सचिवालय बैठक आज, समानुपातिक सिफारिस गरिँदै

२०८२, फाल्गुण ३० शनिवार

  • 433
    SHARES

  • रास्वपा सचिवालय बैठक आज, समानुपातिक सिफारिस गरिँदै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि  समय र स्थानको टुङ्गो लागिसकेको छैन। 

    समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ। 

    साथै वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ । 

    २०८२, फाल्गुण ३० शनिवार०८:१९:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार