ओली-लेखकलाई पाँच दिन म्याद थप, स्वास्थ्यमा ख्याल गर्न दिईयो आदेश

ओली-लेखकलाई पाँच दिन म्याद थप, स्वास्थ्यमा ख्याल गर्न दिईयो आदेश

२०८२, चैत्र १५ आइतवार

  • 457
    SHARES

  • ओली-लेखकलाई पाँच दिन म्याद थप, स्वास्थ्यमा ख्याल गर्न दिईयो आदेश

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको छ।

    जेनजी आन्दोलन प्रकरणमा शनिबार पक्राउ परेका उनीहरूलाई काठमाडौँ जिल्ला अदालतले आइतबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो।

    अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार ज्यानसम्बन्धी कसुरमा दुवै जनालाई पाँच-पाँच दिन म्याद थप भएको छ।

    साथै ओलीको स्वास्थ्य अवस्था पनि ख्याल गर्न अदालतले आदेश दिएको छ।

    शनिबार पक्राउ परेपछि ओलीको स्वास्थ्यमा समस्या देखिएको थियो। उनलाई त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार गरिरहेको छ भने लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।

    २०८२, चैत्र १५ आइतवार०७:०३:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार