नयाँ वर्षको अवसरमा माउन्ट एभरेस्ट डिस्टिलरीले ल्यायो प्रिमियम स्पिरिट ‘रेड नेचर’ र ‘ब्लु नेचर’

नयाँ वर्षको अवसरमा माउन्ट एभरेस्ट डिस्टिलरीले ल्यायो प्रिमियम स्पिरिट ‘रेड नेचर’ र ‘ब्लु नेचर’

२०८३, बैशाख ५ शनिवार

  • 593
    SHARES

  • नयाँ वर्षको अवसरमा माउन्ट एभरेस्ट डिस्टिलरीले ल्यायो प्रिमियम स्पिरिट ‘रेड नेचर’ र ‘ब्लु नेचर’

    काठमाडौं । नेपाली मदिरा बजारमा माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा दुई नयाँ प्रिमियम उत्पादनहरू सार्वजनिक गरेको छ।

    कम्पनीले प्रिमियम स्पिरिट सेग्मेन्ट अन्तर्गत “रेड नेचर” र “ब्लु नेचर” नामका ४० यू.पी. उत्पादनहरू बजारमा ल्याउने घोषणा गरेको हो। यी नयाँ उत्पादनहरू आगामी वैशाख ५ गतेदेखि देशभरका प्रमुख सहरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    आधुनिक उपभोक्ताको बदलिँदो स्वाद र रोजाइलाई मध्यनजर गर्दै तयार पारिएका यी स्पिरिटहरूमा उच्च गुणस्तरलाई विशेष प्राथमिकता दिइएको छ। आकर्षक प्याकेजिङ र सन्तुलित फ्लेभरका कारण यी उत्पादनले छोटो समयमै बजारमा आफ्नो छुट्टै पहिचान बनाउने विश्वास कम्पनीको छ। ७५० एमएल क्षमताको बोतलको अधिकतम खुद्रा मूल्य रु। १२४० तोकिएको छ, जसले गर्दा प्रिमियम अनुभव खोज्ने ग्राहकहरूका लागि यो किफायती विकल्प बन्ने देखिन्छ।

    उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डहरू पूर्ण रूपमा पालना गरिएको जानकारी दिँदै कम्पनीका प्रतिनिधिले उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। यसका साथै, कम्पनीले नयाँ वर्षको सन्देशसँगै “न्यु इयर सेम सर्कल” भन्ने विशेष अवधारणा पनि अघि सारेको छ।

    यस अवधारणा मार्फत गुणस्तरीय उत्पादनको साथसाथै जिम्मेवार उपभोगको संस्कृतिलाई समेत प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ।

    माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आगामी दिनहरूमा पनि उपभोक्ताको माग र बजारको आवश्यकतालाई ध्यानमा राख्दै यस्तै नवीन र प्रिमियम प्रकृतिका उत्पादनहरू निरन्तर बजारमा ल्याइरहने योजना बनाएको छ।

    नयाँ वर्षको उमङ्गसँगै बजारमा आएका यी ‘नेचर’ सिरिजका उत्पादनहरूले नेपाली मदिरा बजारमा प्रतिस्पर्धात्मक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।

    २०८३, बैशाख ५ शनिवार०४:३०:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार