काठमाडौंमा शुरु भयो पठनपाठन, केन्द्र सरकार रमिते 

काठमाडौंमा शुरु भयो पठनपाठन, केन्द्र सरकार रमिते 

२०८३, बैशाख १० बिहिवार

  • 461
    SHARES

  • काठमाडौंमा शुरु भयो पठनपाठन, केन्द्र सरकार रमिते 

    काठमाडौं । काठमाडौं जिल्लाका अधिकांश पालिकाभित्र पठनपाठन शुरु भएको छ ।

    खासगरेर निजी विद्यालयले बैशाख ८ गते बाटै पठनपाठन शुरु गरेका हुन् । थोरै विद्यार्थी अर्थात साना तथा मझौला स्तरका विद्यालयहरु संचालनमा आएका हुन् ।

    धेरै विद्यार्थी र स्कुलका सवारीसाधनबाट विद्यार्थी ओसार्ने विद्यालयको संख्या भने नगन्य देखिएको छ । विद्यालयहरुको छाता संगठन एनप्याब्सनले विद्यालय सुचारु गर्न आव्हान गर्दै आएके छ भने प्याब्सनले यस विषयमा आधिकारिक धारणा राखेको छैन ।

    फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई करिव दुई तिहाई बहुमतको सरकार गठन भएसँगै स्पष्ट नितिमा अन्यौलता देखिएको छ ।

    त्यसमा पनि शिक्षा मन्त्रालयको बैशाख २१ गते मात्र नयाँ शैक्षिक शत्र संचालन गर्नुपर्ने निर्णय अत्यधिक आलोचित बन्दै गएको छ ।

    काठमाडौं उपत्यका मेयर्स फोरमले १५ गतेबाट विद्यालय संचालन गर्न निर्देशन दिएको छ । 

    २०८३, बैशाख १० बिहिवार११:०६:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार