रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

२०८३, बैशाख २० आइतवार

  • 329
    SHARES

  • रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौँ । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्ने भएको छ । 
     
    सो पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको हो । 
     
    पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

    २०८३, बैशाख २० आइतवार०८:४८:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार