निजामती अस्पतालले अन्तरंग सेवाका बिरामीलाई जेठ १ देखि निःशुल्क खाना खुवाउने

निजामती अस्पतालले अन्तरंग सेवाका बिरामीलाई जेठ १ देखि निःशुल्क खाना खुवाउने

२०८३, बैशाख ३१ बिहिवार

  • 633
    SHARES

  • निजामती अस्पतालले अन्तरंग सेवाका बिरामीलाई जेठ १ देखि निःशुल्क खाना खुवाउने

    काठमाडौं । निजामती सेवा अस्पताल काठमाडौंले अन्तरंग सेवाका बिरामीलाई निःशुल्क खाना खुवाउने भएको छ । 

    विहिवार अस्पतालले एक सूचना जारी गर्दै भोलि जेठ १ गते शुक्रवार देखि अस्पतालमा भर्ना भई उपचार गराईरहेका अन्तरंग सेवाका विरामीलाई निःशुल्क खाना खुवाउने जनाएको हो । 

    खाना बिहान ९ः३० बजेबाट वितरण गरिने छ । यस प्रवन्धले विरामीका लागि केही राहत मिल्ने देखिएको छ । 

    साथै नियमित मर्मत सम्भार कार्यले गर्दा स्थगित गरिएको बोन म्यारो ट्रान्सप्लान्ट सेवा जेठ ३ गते आइतवार देखि सुचारु हुने पनि सूचनामा जनाइएको छ । 

    २०८३, बैशाख ३१ बिहिवार०९:३८:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार