काठमाडौं । त्रिबिको तलब बुझेर निजी संस्थामा काम गर्ने प्राध्यापकहरु गद्धार रहेका उपप्राध्यापक दिलनाथ दंगालले जनाएका छन् ।
वैशाख ३० गते अनलाईनखबरबाट ७ सय ८४ प्राध्यापकले तलब त्रिविमा बुझ्ने तर काम नीजिमा गर्ने समाचार प्रकाशन भए पछि आफ्नो ध्यानाकर्षण भएको भन्दै दंगालले आपत्ति जनाएका हुन् ।
अध्ययन, अनुसन्धान र खोजमा निरन्तर क्रियाशिल रहेका दंगालले आफु अन्यत्र कतै पनि अध्यापन नगर्ने र आफ्नो परिवारको नाममा कहि कुनै नीजि शिक्षालयमा लगानी समेत नभएको बताएका छन् ।
‘विश्वविद्यालयको काम कारबाहीमा असर नपर्ने गरी त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम ६९ र ७१ को अधिनमा रही स्वीकृति दिने,’ व्यवस्थाले विश्वविद्यालयको गरिमा नै धुलिसात पारेको उनको आरोप छ ।
गद्धार प्राध्यापकलाई विश्वविद्यालय या नीजि मधये एक छनोट गर्न लगाएर मात्रै शैक्षिक गुणस्तर विकास गर्न सकिने पनि उनको भनाई छ ।
अनलाईनखबरले केएमसी कलेजका तिनजना डाईरेक्टर रामेश्वर अर्याल, डा अजय प्रसाद ढकाल, डा दुर्गाजंग केसी सहित ७ सय ८४ जना को सेवा संस्था र नीजि आवद्धताको फेहरिस्त नै सार्वजनिक गरेको थियो । यी प्राध्यापकहरुको झण्डैँ एक दर्जन शैक्षिक संस्थामा लगानी सहितको आवद्धता रहेको स्रोतले जनायो ।
केएमसी र हिमालयन इन्जिनियरिंग कलेजले केही समय अगाडी क्युएए सरिटफिकेट समेत प्राप्त गरेका छन् । क्युएएका लागि त्रिवि प्राध्यापकका समेत प्रश्नैप्रश्न देखिएका छन् ।
त्यस्तै मदन भण्डारी कलेजमा आवद्धरहेका प्राध्यापकहरु देखि खुला विश्वविद्यालयमा आवद्ध प्राध्यापकहरुको लामो सूची समेत प्रकाशित छ ।