मन्त्रिपरिषद् बैठकले गर्‍यो ४ निर्णय

मन्त्रिपरिषद् बैठकले गर्‍यो ४ निर्णय

२०८३, जेठ ५ मंगलवार

  • 429
    SHARES

  • मन्त्रिपरिषद् बैठकले गर्‍यो ४ निर्णय

    काठमाडौं । सरकारको आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार वटा निर्णय गरेको छ।

    सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गरेका छन्।

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय:
    - नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने
    - विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने
    - सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभा सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने
    - भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने

    २०८३, जेठ ५ मंगलवार०९:०९:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार