ह्वाइट हाउस बाहिर फेरी चल्यो गोली, एक संग्दिग्ध मारिए

ह्वाइट हाउस बाहिर फेरी चल्यो गोली, एक संग्दिग्ध मारिए

२०८३, जेठ १० आइतवार

  • 497
    SHARES

  • ह्वाइट हाउस बाहिर फेरी चल्यो गोली, एक संग्दिग्ध मारिए

    एजेन्सी । युनाइटेड स्टेट्स सेक्रेट सर्भिसका अनुसार ह्वाइट हाउस बाहिर फेरी गोलि चलेको छ। जहाँ गोली चलाउने एक संदिग्ध व्यक्ति मारिएका छन्। यस घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएको जनाइएको छ।

    घटनापछि व्हाइट हाउस क्षेत्र केही समय ‘सिल’ गरिएको थियो। तर अहिले हटाइएको जनाइएको छ। घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्हाइट हाउसमै रहेको जनाइएको थियो। युनाइटेड स्टेट्स सेक्रेट सर्भिसका अनुसार सुरक्षामा रहेका कुनै पनि व्यक्ति वा सरकारी कार्य गोलिकाण्डका कारण प्रभावित नभएको जनाइएको छ।

    स्थानीय समय अनुसार साँझ करिब ६ बजे व्हाइट हाउस परिसरमा रहेका धेरै पत्रकारहरूले लगातार गोली चलेको आवाज सुनेका थिए। त्यसपछि सेक्रेट सर्भिसका सुरक्षाकर्मीहरूले पत्रकारहरूलाई तुरुन्त भवनभित्र रहेको प्रेस ब्रीफिङ कक्षमा लगे र सम्पूर्ण व्हाइट हाउस क्षेत्रलाइ ‘सिल’ गरेका थिए।

    अमेरिकी सञ्चार स्रोतहरूका अनुसार १५ देखि ३० राउन्डसम्म गोली चलेको थियो। प्रारम्भिक जानकारीअनुसार एक जना मात्र बन्दुकधारी सेक्रेट सर्भिस एजेन्टतर्फ अघि बढेका थिए र उनीमाथि गोली चलाइएको थियो। तर एजेन्टहरूलाई गोली लागेन र उनीहरुले जवाफी फायरिङ गरेका थिए।

    अमेरिकी सञ्चारमाध्यमहरूले पछि दिएको जानकारीअनुसार घटनामा दुई जना घाइते भएका छन् र दुवैलाई अस्पताल लगिएको छ। सीबीएस न्युजका अनुसार घाइतेमध्ये एक जना संदिग्ध व्यक्ति हुन्, जसको अवस्था गम्भीर रहेको बताइएको छ। अर्का घाइते सम्भावित सर्वसाधारण व्यक्ति हुन्।

    घटनाबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराइएको थियो। उनले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। यो घटना ठीक एक महिनापछि भएको हो, जब एक बन्दुकधारीले ‘ह्वाइटहाउस कोरेस्पोन्डेन्ट्स डिनर’कार्यक्रम भइरहेको समयमा त्यस बाहिर गोली चलाएका थिए।

    २०८३, जेठ १० आइतवार०९:२४:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार