प्रधानमन्त्रीले मंगलबार इयु आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

प्रधानमन्त्रीले मंगलबार इयु आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

२०८३, जेठ ११ सोमवार

  • 549
    SHARES

  • प्रधानमन्त्रीले मंगलबार इयु आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार नेपालस्थित युरोपेली संघ (इयु)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका छन्।

    प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूसँग सामूहिक भेट गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ।

    यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरेका थिए।

    उक्त भेटमा सहभागी राजदूतहरूले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका थिए भने प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    २०८३, जेठ ११ सोमवार०७:१५:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार