जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश हुने

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश हुने

२०८३, जेठ १३ बुधवार

  • 753
    SHARES

  • जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश हुने

    काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गर्नुभएको हो ।

    नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ ।

    गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो । यसैगरी प्रतिनिधिसभाको बैठक भने जेठ १५ गते शुक्रबार बेलुकी ०५ः३० बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिनुभयो ।

    २०८३, जेठ १३ बुधवार०६:११:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार