काठमाडौं । काठमाडौं महानगरपालिकाकै जनप्रतिनिधि सेवाग्राही तथा कार्यालय समयप्रति उदासिन देखिएका छन् ।
महानगरपालिकाको १३ नं वडाका वडाध्यक्ष ध्रुवनारायण मानन्धर यो सूचीको अग्रपंक्तिमा देखिन्छन् । मानन्धर लामो समयदेखि बिहानको ११ बजे पश्चात मात्र कार्यालय छिर्दा सेवाग्राहीहरु घण्टौं कुरेर फर्किसकेका हुन्छन् । यो क्रम अझै बढ्दै गएको सेवाग्राहीको गुनासो छ ।
पाका उमेरका मानन्धर वडा समितिलाई समेत वाईपास गरेर मनमौजी निर्णय गर्ने गरेका स्रोतले जनायो । जसले गर्दा समितिमै पनि एकमत भएर काम गर्न सकिरहेका छैनन् ।
अन्यत्रका वडा कार्यालयका भवन आकर्षक र व्यवस्थित देखिँदा यो वडाले भने जग्गाकै लागि संघर्ष गर्नुपरेको छ ।
जग्गाको मुद्धालाई निप्टारा लगाउन ताकेता गर्नुपर्नेमा सो कार्यमा समेत मानन्धर उदासिन देखिन्छन् । उनको कार्यकाल २०८३ को समापनसँगै सकिने पनि निश्चित जस्तै छ ।
निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्ह लिएर अध्यक्ष सहितको टिम नै विजयी भएकामा सो अनुभुत हुन नसकेको स्थानिय पार्टी कमिटीले बताएका छन् ।
निर्वाचन अगाडि पार्टी चाहिने तर निर्वाचन जिते पछि मेरै जोडबल र क्षमताले जितेको हो भनेर जनप्रतिनिधिले भन्दा आफुलाई नरमाइलो लागेको स्थानिय एमाले नेताले बताए ।
यो कु-संस्कृति देशैभर भित्रिनाले राजनीतिक पार्टी समेत कमजोर बन्दै गएका उनको बुझाई छ ।