प्रतिष्ठान उपाध्यक्ष भट्टराईद्धारा वृद्धवृद्धालाई सम्मान

प्रतिष्ठान उपाध्यक्ष भट्टराईद्धारा वृद्धवृद्धालाई सम्मान

२०८३, जेठ २३ शनिवार

  • 417
    SHARES

  • प्रतिष्ठान उपाध्यक्ष भट्टराईद्धारा वृद्धवृद्धालाई सम्मान

    काठमाडौं । भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष राजेश कुमार भट्टराईले वृद्धवृद्धालाई सम्मान गरेका छन् । 

    शुक्रवार सिनामंगल पञ्चकुमारी मन्दिर प्रांगणमा सो क्षेत्रका ५ जना वृद्धवृद्धालाई भट्टराईले खादा, माला, दोसल्ला लगाएर सम्मान गरेका हुन् ।

    90.jfif

    सम्मानित हुनेमा ९३ वर्षिय मायादेवी अर्याल, रुकु थापा ८०, सावित्री लामिछाने ८२, रामप्रसाद चापागाईँ ८४, गणेश कुमारी लिंगल ८० का साथै पञ्चकुमारी समाजका अध्यक्ष चूडामणी अर्याल रहेका छन् ।

    सोही अवसरमा संस्केत विद्यापीठका छात्रछात्राका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार बस्ताकोटी मार्फत शैक्षिक सामाग्री समेत हस्तान्तरण गरियो । उनको ६७ औं जन्मदिवस विशेष बनाउने क्रममा सन्ध्या आरती समेत गरिएको थियो ।

    99.jfif

    कार्यक्रममा प्रतिष्ठान वागमती प्रदेश अध्यक्ष नारायण प्रसाद भट्टराई, पुर्व न्यायाधिश मेघनाथ भट्टराई, प्रतिष्ठान पदाधिकारी सहित सयौंको उपस्थिति रहेको थियो । 

    00.jfif

    २०८३, जेठ २३ शनिवार०९:१२:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार