काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा शाक्यले २ सय ५१ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी सुरेश सापकोटाले १ सय ८२ मत पाएको रास्वपाले जनाएको छ ।
उपसभापतिमा रविन्द्र गौतमले २ सय १६ मत पाएर विजयी हुँदा स्वयम्बर खँड्काले २सय ११ मत प्राप्त गरे त्यस्तै, सचिवमा २ सय ९७ मत ल्याएर सन्तमान महर्जन बिजयी हुँदा उनका प्रतिस्पर्धी रमेश न्यौपानेले १ सय ३१ मत मात्र प्राप्त गरेका छन् ।
सहसचिवमा शौरभ बस्नेतले ३ सय २५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी गणेश थापाले ९५ मत मात्र प्राप्त गरे । बस्नेतले लोकप्रिय मत प्राप्त गरे ।
सदस्यहरुमा समशेर बहादुर श्रेष्ठ, केदार प्रसाद रैला र बलराम कार्की निर्वाचित बने ।
निर्वाचनमा ४ सय ३८ मत खस्दा ४ सय ३३ मत सदर भएको थियो । ५ मत बदर भयो ।