रास्वपा सभापति लामिछानेको आव्हानमा सर्वदलीय बैठक बस्दै 

रास्वपा सभापति लामिछानेको आव्हानमा सर्वदलीय बैठक बस्दै 

२०८३, जेठ २५ सोमवार

  • 469
    SHARES

  • रास्वपा सभापति लामिछानेको आव्हानमा सर्वदलीय बैठक बस्दै 

    काठमाडौँ । भारत भ्रमणबाट फर्केलगत्तै रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक आव्हान गरेका छन् । 

    प्रतिनिधि सभामा पछिल्ला दिनहरूमा देखिएको अवरोध र राजनीतिक असहमतिचिर्न लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् । 

    विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् बैठक नियमित रूपमा अवरुद्ध गर्दै आएपछि समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आयोजना गरिएको जनाइएको छ । 

    रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठक अहिले बिहान सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्दैछ । बैठकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापति तथा थप एक-एक प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

    पार्टीले सम्बन्धित सबै दललाई औपचारिक निमन्त्रणा पठाइसकेको जनाएको छ।

    पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाह द्वारा सीमा विषयमा व्यक्त भनाइपछि विपक्षी दलहरूले सदनमा निरन्तर प्रश्न उठाउँदै आएका छन्। त्यस्तै सभामुखको भूमिकालाई लिएर पनि आलोचना बढ्दै गएपछि संसद् बैठक प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।

    २०८३, जेठ २५ सोमवार०८:२२:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार