नेपालमा राजसंस्था पुनःस्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं

नेपालमा राजसंस्था पुनःस्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं

२०८३, जेठ ३१ आइतवार

  • 405
    SHARES

  • नेपालमा राजसंस्था पुनःस्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं

    काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनःस्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने बताएका छन्।

    आइतबार काठमाडौँमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले राजसंस्था फर्काउन र गद्दीमा राख्नका लागि धवल शमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय लिएको बताएका हुन्।

    उनले आफूहरुले हिन्दु अधिराज्य कायम गर्ने संकल्प पनि लिएको बताए। सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी देश र जनताले सुख र शान्ति नपाउने संयोजक प्रसाईको भनाइ थियो।

    उनले भने, ‘उद्देश्य हामी दुई जनाको एउटै छ– नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्।’

    प्रसाई राजसंस्था पुनर्स्थापनाका लागि लामो समयदेखि संघर्षरत छन् । 

    २०८३, जेठ ३१ आइतवार०४:२४:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार