मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको उत्कृष्ट सुरुवात

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको उत्कृष्ट सुरुवात

२०८३, आषाढ ३ बुधवार

  • 393
    SHARES

  • मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको उत्कृष्ट सुरुवात

    एजेन्सी । लियोनेल मेसी विश्वकपको सर्वकालिन उच्च गोलकर्ताको सूचमा जर्मनीका मिरोस्लाभ क्लोस सँग बराबरी गर्न सफल भएका छन्। विश्वकपमा पहिलो ह्याट्रिक गरेका मेसीले अल्जेरिया विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका हुन्।

    ३८ वर्षीय मेसीले विश्वभरका हजारौं समर्थकलाई उत्साहित बनाउने क्रममा १६ गोल गर्दै सूचीमा क्लोजसँग संयुक्त रूपमा शीर्ष स्थान बनाए। अब उनी शीर्ष गोलकर्ता बन्न कम्तीमा अर्को सोमबार सम्म कुर्नु पर्ने छ।

    विश्वकप फुटबल अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले उत्कृष्ट सुरुवात गर्ने क्रममा सुरुवातबाटै दबाब बनायो।  खेलमा ७८ मिनेट मैदानमा बिताएका मेसीले ३ गोल गर्दै टोलीलाई सानदार सुरुवात दिए।

    उनले पहिलो हाफमा १ गोल गर्दा अरु दुई गोल दोस्रो हाफमा सम्भव बनाए। १७ औं मिनेटमा डिपलको पासलाई डिबक्स बाहिरबाटै आकर्षक प्रहार गर्दै पहिलो गोल गरेका मेसीले दोस्रो गोल ६० औं मिनेटमा गरे। २५ यार्डबाट एलेक्सीस म्याक एलिस्टरले गरेको शक्तिसाली प्रहार गोलरक्षकले रोकेपछि पाएको रिबाउन्डलाई मेसीले सहज गोलमा परिणत गरेका थिए।

    उनले विश्वकपको पहिलो ह्याट्रिक भने खेलको ७६ औं मिनेटमा संभव बनाए। वैकल्पिक खेलाडी निको गोन्जालेजको पासमा मेसीले अर्को उत्कृष्ट प्रहार गर्दै ह्याट्रिक पुरा गरेका थिए।

    २०८३, आषाढ ३ बुधवार०९:००:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार