रास्वपा महाधिवेशनको दोश्रो दिन आज, बन्दशत्र शुरु 

रास्वपा महाधिवेशनको दोश्रो दिन आज, बन्दशत्र शुरु 

२०८३, आषाढ ८ सोमवार

  • 241
    SHARES

  • रास्वपा महाधिवेशनको दोश्रो दिन आज, बन्दशत्र शुरु 

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ८ः३० बजेदेखि चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सुरु भएको छ । 

    बन्दसत्रमा अनुशासन, आर्थिक, सङ्गठनात्मक र राजनीतिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदन गरिनेछ।

    दिउँसोबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने र असार ९ गते सभापति तथा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुने कार्यतालिका छ।

    महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक सहभागी छन्। बन्दशत्र स्थलमा रास्वपाका कार्यकर्ता र पदाधिकारीको चहलपहल छ।

    २०८३, आषाढ ८ सोमवार०९:१३:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार