विश्वकप फुटबलः स्पेन र केप भर्डे नकआउट चरणमा, अर्जेन्टिनासँग भिड्ने

विश्वकप फुटबलः स्पेन र केप भर्डे नकआउट चरणमा, अर्जेन्टिनासँग भिड्ने

२०८३, आषाढ १३ शनिवार

  • 357
    SHARES

  • विश्वकप फुटबलः स्पेन र केप भर्डे नकआउट चरणमा, अर्जेन्टिनासँग भिड्ने

    काठमाडौँ । एलेक्स बाएनाको गोलमा उरुग्वेलाई पराजित गर्दै स्पेन विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

    मेक्सिकोको ग्वाडालाजारमा भएको खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । एलेक्सले खेलको ४१ औँ मिनेटमा गोल गरेका हुन् । यो विजयसँगै स्पेन सात अङ्क जोडेर समूह विजेता बनेको छ ।

    आजै भएको अर्को खेलमा केप भर्डेले साउदी अरबसँग गोलरहित बराबरी खेल्यो । केप भर्डेको समूह चरणको यात्रा जारी छ । पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ । तीन खेल बराबरी खेलेको यो देश तीन अङ्कका साथ समूह उपविजेता बनेको छ ।

    त्यस्तै, नकआउट चरणमा केपभर्डेले अर्जेन्टिनासँग खेल्ने भएको छ । 

     

    २०८३, आषाढ १३ शनिवार०९:३५:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार