जेन्जी आन्दोलन पछि एउटै मञ्चमा देखिँदै ओली, प्रचण्ड, माधव सहितका नेता 

जेन्जी आन्दोलन पछि एउटै मञ्चमा देखिँदै ओली, प्रचण्ड, माधव सहितका नेता 

२०८३, आषाढ १३ शनिवार

  • 301
    SHARES

  • जेन्जी आन्दोलन पछि एउटै मञ्चमा देखिँदै ओली, प्रचण्ड, माधव सहितका नेता 

    काठमाडौँ । भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनपछि पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका छन् ।

    पूर्व राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा असार १४ गते आइतबार मदन भण्डारीको ७५ औँ जन्मोत्सवको अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृह, काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु एउटै मञ्चमा देखिन लागेका हुन्। उक्त कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन् ।

    कार्यक्रम मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको हो । 

    २०८३, आषाढ १३ शनिवार०९:५५:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार