एजेन्सी । विश्वकप फुटबलमा केप भर्डेको उत्कृष्ट यात्रालाई अन्ततः अर्जेन्टिनाले संघर्षपूर्ण रुपमा रोक्न सफल भएको छ । आज भएको राउण्ड ३२ को खेलमा साविक विश्व विजेतालाई १ सय २० मिनेट सम्म पुर्याउँदै नवप्रवेशी केप भर्डेले समूहचरणको सनसनीलाई नकआउट चरणमा पनि कायम राख्यो।
रोमाञ्चकपूर्ण खेलमा केप भर्डेले अर्जेन्टिनाले बनाएको २ पटकको अग्रतामा पुनरागमन गरेपनि तेस्रो पटकको अग्रतालाई भने अर्जेन्टिनाले जोगाउँदा खेलमा ३-२ को रोमाञ्चक जित निकाल्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न अर्जेन्टिना सफल भयो।