हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

२०८३, आषाढ २१ आइतवार

  • 249
    SHARES

  • हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

    चितवन । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो ।

    हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।

    २०८३, आषाढ २१ आइतवार०८:२९:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार