रु ४०० ले उकालो लाग्यो सुन

रु ४०० ले उकालो लाग्यो सुन

२०७७, माघ १३ मंगलवार

  • 2.7K
    SHARES

  • रु ४०० ले उकालो लाग्यो सुन

    माघ १३, काठमाडौं । 

    स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो । 

    यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

    चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । तोलामा रु एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ । 

    २०७७, माघ १३ मंगलवार१२:५१:२६
    प्रतिक्रिया
    सम्बन्धित समाचार