रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

२०८३, श्रावण १३ बुधवार

  • 509
    SHARES

  • रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

    आज बिहान ८ः०० सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको छ ।

    महामन्त्री आचार्यले भन्नुभयो “बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गर्नुभएको छ ।”

    २०८३, श्रावण १३ बुधवार०८:५६:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार