प्रधानमन्त्री शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

प्रधानमन्त्री शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

२०८३, श्रावण १४ बिहिवार

  • 501
    SHARES

  • प्रधानमन्त्री शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ।

    बैठकमा मुलुकको समसामयिक सुरक्षा अवस्था तथा राष्ट्रिय सुरक्षासम्बन्धी विभिन्न विषयमा छलफल भइरहेको जनाइएको छ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यका रूपमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिव सहभागी रहने कानुनी व्यवस्था रहेको छ।

    बैठकका निर्णय तथा निष्कर्ष सार्वजनिक भएपछि थप विवरण आउने अपेक्षा गरिएको छ।

    २०८३, श्रावण १४ बिहिवार०१:३७:३१
    प्रतिक्रिया
    सम्बन्धित समाचार