प्रधानमन्त्री शाह र मधेशवादी दलका नेताबीच छलफल सुरु

प्रधानमन्त्री शाह र मधेशवादी दलका नेताबीच छलफल सुरु

२०८३, श्रावण १५ शुक्रवार

  • 285
    SHARES

  • प्रधानमन्त्री शाह र मधेशवादी दलका नेताबीच छलफल सुरु

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेतासँग छलफल सुरु गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाको समाधान, शान्ति-सुरक्षा तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ।

    छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु शाह, अमरेश कुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउतलगायत नेताहरू सहभागी छन् ।

    २०८३, श्रावण १५ शुक्रवार१२:३१:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार