देवानगञ्ज घटनाः सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

देवानगञ्ज घटनाः सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

२०८३, श्रावण १५ शुक्रवार

  • 317
    SHARES

  • देवानगञ्ज घटनाः सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

    काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कमानागाछीमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सहमति भएको छ।

    गृह मन्त्रालयमा भएको सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

    सहमतिपत्रमा घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने, देवानगञ्ज गाउँपालिका-३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने उल्लेख गरिएको छ।

    यस्तै, प्रत्येक मृतकका परिवारबाट एक-एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव र सिफारिस कार्यान्वयन गर्ने तथा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।

    सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारका तर्फबाट उनीहरूका अभिभावकले हस्ताक्षर गरेका छन्।

    यसैबीच, दुवै मृतकको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने जनाइएको छ।

    222.PNG

    २०८३, श्रावण १५ शुक्रवार१२:४२:०५
    प्रतिक्रिया
    सम्बन्धित समाचार