नेकपा काठमाडौं महानगर ३१ वडा कमिटि गठन : अध्यक्षमा आचार्य 

नेकपा काठमाडौं महानगर ३१ वडा कमिटि गठन : अध्यक्षमा आचार्य 

२०७७, माघ १३ मंगलवार

  • 3.7K
    SHARES

  • नेकपा काठमाडौं महानगर ३१ वडा कमिटि गठन : अध्यक्षमा आचार्य 

    माघ १३, काठमाडौं । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौ महानगरपालिका वडा नं.३१ को वडा कमिटि अध्यक्षमा हुमा आचार्य चयन भएकी छन् ।

    आज आयोजित एक कार्यक्रममा नेता तथा सांसद गणेश प्रसाद दुलालले ४५ सदस्यीय कमिटिको घोषणा गरे ।

    कसैलाई पनि गालिगलौज नगरिकन अनुशासित ढंगले अगाडी बढ्न शाखाका नेता तथा कार्यकर्तालाई नेता दुलालले आग्रह गरे । सो क्षेत्रमा रहेका सम्पुर्ण कार्यकर्ताको उचित मूल्यांकन गर्दै तत्तत्स्थानमा व्यवस्थापन गरिने पनि उनको भनाई थियो । 

    साढे तिन वर्ष पछि भएको पुनर्मिलनले कार्यकर्तामा उत्साह थपेको नेता तथा वडा अध्यक्ष नारायण भण्डारीको भनाई थियो ।

    वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जति काम भए त्यति यो भन्दा अगाडिका प्रधानमन्त्रीले गरेका भए नेपालको समृद्धिले अर्कै कोर्स निर्धारण गरिसक्थ्यो भण्डारीको दाबी थियो । 

    घोषणा पत्रमा लेखिए भन्दा बढी काम वडा तथा प्रदेशले गर्न सकेको पनि भण्डारीको जिकिर थियो । 

    cpn2.jpg

    चिनसँगको नाका अन्तर्गत कोदारी राजमार्ग खोल्दा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यलाई लखेट्न सफल भारतले १४ वटा नाका खोल्दा प्रधानमन्त्री ओलीलाई लखेट्न कति धेरै बल गरेको होला सहजै अनुमान गर्न सकिएको नेता केशव घिमिरेको दावी थियो ।

    पुर्व पश्चिम रेल मार्गको टेण्डर रोकिएकोमा भारतको हात हुन सक्ने जिकिर पनि घिमिरेको थियो । 

    जवजको सिद्धान्तका कारण व्यालेटबाट समृद्ध मुलुक बन्दैन भन्ने महसुस गरेरै अघिल्लो निर्वाचनमा तत्कालिन एमाले सँग मिल्दा बहुमत ल्याउन सकिएकाले प्रचण्ड लगाएतका नेता चाँडै मूल घरमा फर्कने विश्वास नेता रुप नारायण श्रेष्ठले गरे । 

    दक्षिण एशियामा कान्छो प्रजातन्त्र रहेको मुलुक र सबै भन्दा पछाडी मौका पाउनु भएका प्रधानमन्त्री ओलीले आफ्नो समयमा संविधान बनाउने, समृद्ध मुलुकको रेखा कोर्नमा खेलेको भुमिकाका कारण देशले ओलीलाई पुनः एक कार्यकाल हेर्न चाहेको नेतृ शर्मीला कार्कीले बताइन् । 

    माघ २३ गते नेकपाले गर्न लागेको बृहत आम सभामा सो शाखाबाट २००० कार्यकर्ता उतार्ने नवनियुक्त अध्यक्ष हुमा आचार्यले बताइन् । 

    कमिटि गठन तथा प्रशिक्षण कार्यक्रममा नेताहरु मोहन रेग्मी, धन बहादुर अछामी, विष्णुमाया भुसाल, उज्जन श्रेष्ठ, अशोक कार्की लगाएतको उपस्थिति रहेको थियो । 
           

    २०७७, माघ १३ मंगलवार१०:२४:४४

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार