सुदूरपश्चिममा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्दै

सुदूरपश्चिममा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्दै

२०८३, श्रावण २९ शुक्रवार

  • 349
    SHARES

  • सुदूरपश्चिममा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्दै

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीबाट कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

    प्रमुख प्रमुखले संविधानको धारा १६८ को उपधारा(२)बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका छन् । तोकिएको समयभित्रै मुख्यमन्त्रीमा एमालेको समर्थनसहित दाबी पेस गर्ने तयारी खगराज भट्टले गरेका छन् ।

    भट्टले दाबी पेस गरेपछि प्रदेश प्रमुखले आजै उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । भट्टलाई आजै दिउँसो ३ बजे शपथ गराउने गरी तयारी छ ।

    नेकपा र एमालेबीच सुदूरपश्चिममा यसअघि नै मन्त्रालयत भागबन्डा भइसकेको छ । नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन वटा मन्त्रालय पाउनेछ ।

    शाहले बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लगत्तै प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो ।

    २०८३, श्रावण २९ शुक्रवार०९:०४:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार