विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

२०८३, भाद्र ४ बिहिवार

  • 289
    SHARES

  • विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको छ।

    संसदीय दलको विधानलाई समसामयिक तथा प्रभावकारी बनाउने उद्देश्यले गठन गरिएको कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ सदस्य रहेका छन्।

    कार्यदलको पहिलो बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने भएको छ।

    रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारका अनुसार बैठकमा विधान संशोधनका विषयमा प्रारम्भिक छलफल तथा आवश्यक कार्यदिशा तय गरिनेछ।

    कार्यदलले संसदीय दलको विधानमा आवश्यक संशोधनका विषय पहिचान गरी प्रस्ताव तयार गर्ने र त्यसलाई सम्बन्धित प्रक्रियामार्फत अघि बढाउने बताइएको छ।

    २०८३, भाद्र ४ बिहिवार११:४५:३२

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार