काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको मंगलबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित भएको छ । अब बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको छ ।
सङ्घीय संसद् सचिवालयले मंगलबार जारी गरेको सूचनाअनुसार निर्धारित समयमा बैठक बस्न नसक्ने भएपछि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बुधबारका लागि सारिएको हो ।
सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।
सचिवालयका अनुसार भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको बैठक ‘विशेष कारण’ ले निर्धारित मिति र समयमा बस्न नसक्ने भएको हो ।
अब प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।
