भोटेकोशी बाढीमा उद्धार कार्य तीव्र, हालसम्म १२ जनाको उद्धार

भोटेकोशी बाढीमा उद्धार कार्य तीव्र, हालसम्म १२ जनाको उद्धार

२०८३, भाद्र १० बुधवार

  • 349
    SHARES

  • भोटेकोशी बाढीमा उद्धार कार्य तीव्र, हालसम्म १२ जनाको उद्धार

    काठमाडौँ । रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको बाढीपछि उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ। नेपाली सेनाका अनुसार बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म १२ जनाको उद्धार गरिएको छ।

    नेपाली सेनाले हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार गरेको जनाएको छ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि नेपाली सेनाका ४ वटा र निजी क्षेत्रका ८ वटा गरी कुल १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ। जोखिममा रहेका नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन भइरहेको सेनाले जनाएको छ।

    यसैबीच, उद्धार गरिएका तथा प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन त्रिशूलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा नेपाली सेनाको मेडिकल टोलीले आकस्मिक उपचार सेवा समेत प्रदान गरिरहेको छ।

    बाढी प्रभावित क्षेत्रमा अझै उद्धार तथा खोजी कार्य जारी रहेकाले उद्धार गरिएका व्यक्तिको संख्या बढ्न सक्ने नेपाली सेनाले जनाएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धार टोलीहरू प्रभावित क्षेत्रमानिरन्तर परिचालित छन्।

    भोटेकोशी नदी आसपासका बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा नजान सम्बन्धित निकायले स्थानीयवासीलाई आग्रह गरेका छन्।

    २०८३, भाद्र १० बुधवार०१:१३:३१

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार