रास्वपा सचिवालय बैठक बस्दै, सरकारको कार्यशैलीमा प्रश्न उठ्ने अनुमान

रास्वपा सचिवालय बैठक बस्दै, सरकारको कार्यशैलीमा प्रश्न उठ्ने अनुमान

२०८३, भाद्र १८ बिहिवार

  • 385
    SHARES

  • रास्वपा सचिवालय बैठक बस्दै, सरकारको कार्यशैलीमा प्रश्न उठ्ने अनुमान

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ।

    पार्टीका सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने उक्त बैठक बिहान १० बजे काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा सुरु हुने तय भएको छ।

    बैठकमा मुलुकको पछिल्लो तथा समसामयिक राजनीतिक परिस्थितिबारे गहन समीक्षा हुने बताइएको छ।

    साथै, पार्टीको आगामी रणनीति, भावी कार्ययोजना तथा सांगठनिक गतिविधिहरूलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा छलफल गरी आवश्यक निर्णय लिइने जनाइएको छ।

    त्यस्तै, रसुवा भोटेकोशी बाढीको उद्धार र राहतका सन्दर्भमा सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको जसले जनता निरास र आक्रोशित बन्दै गएकामा बैठकमा चर्को कुरा उठ्ने आँकलन गरिएको छ ।

    जसको छनक पार्टीकी नेतृ तथा प्रमुख सचेतक क्रान्ति शिखा धितालले स्थानिय तह उद्धारमा संलग्न भएनन् भनेर भन्नु भन्दा पनि उनीहरुको पिडामा सँगै रहेर हेर्न पुर्वाधार मन्त्री सुनिल लम्साललाई सचेत गराएकी थिइन् । 

    २०८३, भाद्र १८ बिहिवार०७:५५:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार