असुरक्षित बन्दै इभी गाडी, के हो सिस्टम ईरर ?

असुरक्षित बन्दै इभी गाडी, के हो सिस्टम ईरर ?

२०८३, भाद्र २८ आइतवार

  • 829
    SHARES

  • असुरक्षित बन्दै इभी गाडी, के हो सिस्टम ईरर ?

    काठमाडौं । इन्धन प्रयोगका आधारमा सस्तो र सजिलो मानिदै आएको विद्युतिय सवारी गाडीमा दुर्घटनाका जोखिम बढेका छन् ।

    विद्युतीय गाडी उकालो बाटोमा चढ्न गार्हो मान्ने, अलिकति माटो तथा हिलो, चिप्लो बाटोमा दायाँबायाँ गरेर कुद्न कठिनाई मान्ने, कहिले ब्रेक नलाग्ने त कहिले काहीँ स्टेरिंग नै लकहुने जस्ता समस्या देखिएका छन् ।

    कहिले गाडी भित्रै जलेर मान्छे मरेका छन् त कहिले गाडी नै जलेका घट्ना दोहोरिँदै आएका छन् । यसै सन्दर्भमा झापा जिल्लाबाट निर्वाचित दुई सांसद प्रकाश पाठक र शम्भु सुस्केरा समेत एउटा गम्भिर दुर्घटनाबाट जोगिएका छन् ।

    सांसदद्धय पाठक र सुस्केरा सवार गाडी सिन्धुलीको भिमानमा गुड्ने क्रममा ब्रेक नलागी स्टेरिंग समेत लक भएर डिभाईडरलाई हिर्काउँदै सडकबाट केही तल पुगेर गाडी अड्किएको थियो । उक्त गाडीमा चारजना सवार थिए ।

    त्यस्तै, केहि दिन अघि ललितपुरका विजय शाक्य घुभघामका लागि लाँकुरी भञ्ज्यांग पुग्दा उनको गाडी लाँकुरीभन्दा केहि तलबाट पुनः सो बाटो चिप्लिएर आउनै नसकेको गुनासो गरेका छन् । धन्न अर्कोबाटो रहेछ काठमाडौं फर्कनाका लागि नत्र बास जंगलमै हुने रहेछ, उनको दुखेसो छ ।

    आपतकालिन अवस्थामा एउटा सिस्टमले काम नगर्दा स्वचालित रुपमा अन्य प्रणाली सक्रिय भएर मानव त्रुटी बाहेक अन्य अवस्थामा खतरामुक्त हुन पर्नेमा सो नदेखिएको जानकारहरुले बताउँदै आएका छन् । 

    इभीमा बिवाईडी मात्र हैन, सबै खाले इभी गाडीमा यस्ता सिस्टम इरर देखिएकाले तत्काल समाधानका लागि पहल गरिनु पर्ने आवाज चर्को बनेको छ । 

    २०८३, भाद्र २८ आइतवार११:२८:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार