लागूऔषध मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै पैसा लिने दुई जना पक्राउ

लागूऔषध मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै पैसा लिने दुई जना पक्राउ

२०८३, आश्विन २ शुक्रवार

  • 393
    SHARES

  • लागूऔषध मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै पैसा लिने दुई जना पक्राउ

    काठमाडौं । लागूऔषध मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने प्रलोभन तथा आश्वासन दिई रकम लिएको आरोपमा दुई जना व्यक्ति काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेका छन् ।

    काठमाडौं जिल्ला अदालतले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार लागूऔषध (खैरो हेरोइन) मुद्दाका प्रतिवादी विमल घलेलाई धरौटीमा छुटाइदिने भन्दै उनकी पत्नीबाट अवैध रूपमा ४ लाख ७९ हजार रुपैयाँ लिएको आरोपमा दुई जनालाई नगदसहित पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका–६ का अजय थापा मगर र विदुर नगरपालिका–९ का हरिराम गिरी रहेका छन् ।

    अदालतका अनुसार उनीहरूलाई प्रतिवादीलाई अदालतबाट छुटाइदिने आश्वासन दिई रकम लिएको अवस्थामा अदालत परिसरबाट नगदसहित पक्राउ गरिएको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    11.jfif

    २०८३, आश्विन २ शुक्रवार०८:४९:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार