काठमाडौँ । गत भदौ १० गते आएको बाढीका कारण पक्की पुल र सडक पूर्ण रूपमा क्षति बनेको बेत्रावतीमा काठको पुल (अस्थायी फट्के) निर्माण गरिएको छ।
सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त श्रमदानमार्फत फलाखु खोलामा अस्थायी पुल निर्माण गरिएको हो। रसुवा र नुवाकोटको सिमाना भएर बग्ने उक्त खोलामा फट्के निर्माण भएसँगै पैदल यात्रुहरूका लागि आवतजावत सहज बनेको छ।
बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिका र नुवाकोटको विदुर नगरपालिका जोड्ने मुख्य मार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो। बेत्रावतीमा फट्के बनेसँगै दुई जिल्ला जोड्ने पैदल मार्ग पुनः सञ्चालनमा आएको छ।