काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक आज बिहान ९ बजे ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बस्ने छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रत्येक केन्द्रीय सदस्यले सुझाव दिने कार्यसूची छ। यसका लागि ३-३ मिनेट समय दिइएको छ। सोमबारदेखि सुरु भएको बैठक यही असोज ७ गतेसम्म सञ्चालन हुनेछ।