राष्ट्रियताको रक्षाका लागि प्रधानमन्त्रीको पक्षमा उभिन जरुरी : मुख्यमन्त्री पोखरेल

राष्ट्रियताको रक्षाका लागि प्रधानमन्त्रीको पक्षमा उभिन जरुरी : मुख्यमन्त्री पोखरेल

२०७७, माघ १४ बुधवार

  • 1.7K
    SHARES

  • राष्ट्रियताको रक्षाका लागि प्रधानमन्त्रीको पक्षमा उभिन जरुरी : मुख्यमन्त्री पोखरेल

    माघ १४, रुपन्देही ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश इञ्चार्ज शङ्कर पोखरेलले नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि घेराबन्दी शुरु गरिएको बताएका छन् ।

    नेकपा ओली पक्षीय राष्ट्रिय युवा सङ्घ नेपालको प्रदेशस्तरीय भेलालाई मंगलवार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको गुमेका भूभाग समेटिएको चुच्चे नक्सा संसद्मा पारित भई सार्वजनिक भएपछि विवाद सिर्जना गर्ने काम गरिएको उल्लेख गरे । 

    नयाँ नक्साकै कारण आजको सङ्कट आएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको आँट र साहसकै कारण चुच्चे नक्सा सार्वजनिक गरिएको बताए । उनले राष्ट्रियताको रक्षाका लागि पनि प्रधानमन्त्रीको पक्षमा उभिन आवश्यक छ भने ।

    मुख्यमन्त्री पोखरेलले कारवाहीमा परिने डरले प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गर्न नदिएको उल्लेख गरे ।

    अख्तियारलाई खाली राख्ने प्रचण्डको षड्यन्त्र सफल नहुँदा विवाद सिर्जना भएको बताउँदै अब नियुक्तिपछि काम अगाडि बढ्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री पोखरेलले अहिलेको राजनीतिक सङ्कट नयाँ पुस्ताका लागि अवसर भएको बताउँदै राजनीतिक परिवर्तनका लागि युवाको सक्रियता आवश्यक रहेको धारणा राखे । 

    भेलामा पूर्व उद्योगमन्त्री तथा नेकपाका युवा नेता महेश बस्नेतले दाहाल–नेपाल पक्षका कारण संसद् विघटन गर्नुपर्ने स्थितिमा पुगेको बताए ।

    गलत पात्रलाई नेतृत्वमा पुर्याउँदा सरकार र पार्टी सङ्कटमा परेको उनको भनाइ छ । दाहाल–नेपाल पक्षको पदीय स्वार्थले गर्दा समस्या उत्पन्न भएको बताउँदै उहाँले अधिकारवादीका नाममा केही तत्व प्रधानमन्त्री तथा सरकारलाई बदनाम गराउन लागिपरेको उल्लेख गरे ।  

    बुटवलको राजमार्ग चौराहबाट विशाल र्याली निकालिएको थियो । र्याली उपमहानगरका विभिन्न स्थान हुँदै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्राङ्गणमा पुगेर भेलामा परिणत भएको थियो । 

    २०७७, माघ १४ बुधवार०७:३४:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार